शुक्रबार, वैशाख १२, २०८२

धन लाभ हुनेछ आज मंगलबार गणेश भगवानको आराधना गर्नुहोस । आजको राशिफल ।

नेपालखोज २०७७ जेठ ६ गते ६:१४

आज ०६ जेठ २०७७ मंगलवार को राशिफल

मेष
आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मिथुन
दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

सिंह
हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्ननि सक्छ ।

तुला
आज शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम विस्तारै अघी बढ्नेछ ।

धनु
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

कुम्भ
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष
आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

कर्कट
भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कन्या
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । खेतिपतीबाट लाभलिन सकिनेछ ।

बृश्चिक
आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

मकर
सामाजिक र प्राविधिक काम सम्पन्न हुने त्यसबाट थप ऊर्जा मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

मीन
मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया