शनिबार, वैशाख २२, २०८१

क्वाँटीलाई यसरी भण्डार गर्नुहोस्, गन्ध आउँदैन, लामो समयसम्म ताजा रहन्छ

नेपालखोज २०८० भदौ ११ गते १३:४०

काठमाडाैं । पोषक तत्वले भरिपूर्ण क्वाँटी स्वास्थ्यको लागि धेरै लाभदायक छन्, त्यसैले धेरै मानिसहरू यसलाई खान मन पराउँछन् ।

जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । विभिन्न ९ थरीका गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने गरिन्छ ।

यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो ।

टुसा उमारेको क्वाँटी प्रोटिनको खानी मानिन्छ । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन २० गुणा बढ्न जान्छन् । क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ ।

सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ ।

किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।

यसरी भण्डार गर्नुहोस्

भण्डार गर्नु अघि बोक्रा क्वाँटीको बोक्रामा धेरै पौष्टिकता हुन्छ, तर यदि तपाईले अंकुरलाई लामो समयसम्म भण्डारण गर्न जाँदै हुनुहुन्छ भने, त्यसको बोक्रा निकाल्नुहोस् । वास्तवमा, अंकुरको बोक्राका कारण, गन्ध र बिग्रने जोखिम बढ्छ र अंकुरहरूको शेल्फ लाइफ घट्छ । बोक्रा हटाउनको लागि, अंकुरलाई पानीमा हाल्नुहोस् र आफ्नो हातले हल्का मसला गरेर बोक्रा सफा गर्नुहोस् ।

क्वाटी भण्डारण गर्न, प्लास्टिकको डिब्बा र टिस्यु पेपर लिनुहोस् । पहिले डिब्बा सफा गर्नुहोस् र त्यसपछि टिस्यु पेपर राख्नुहोस् । ध्यान राख्नुहोस् कि डिब्बा भिजेको हुनु हुँदैन । अब एक एक गरेर क्वाटी राख्नुहोस् । यदि तपाईं लामो समयको लागि अंकुरहरू भण्डारण गर्न चाहनुहुन्छ भने, त्यसपछि तिनीहरूलाई गिलासको भाँडोमा सार्नुहोस् र तिनीहरूलाई चिसो ठाउँमा राख्नुहोस् । यसो गर्दा अंकुर धेरै दिनसम्म बिग्रने छैन ।

प्रतिक्रिया