उद्दार विषय सेन्टिमेन्टको कोणबाट मात्र नहेरौँ : प्रधानमन्त्री

नेपालखोज २०७७ जेठ ६ गते १५:११

टंककला तिमिल्सेना,

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ४५ लाख युवालाई देश भित्र तत्काल ल्याउन सक्ने क्षमता सरकारको नभएको बताएका छन् । नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको संसदमा जवाफ दिदै मंगलबार उनले यस्तो बताएका हुन् । उनले कोरोनाका कारण अन्य देशहरुको जस्तो सहज अवस्था नेपालमा नभएको बताए ।

उनले भने,‘अमेरिका, कतार लागाएतका देशले २, ४ सय मानिस फिर्ता लिएको जस्तो होईन । कतिलाई कसरी ल्याउने त्यसको व्यवस्थाकालागि गृहकार्य गर्दै छ सरकार ।’

उनले अगाडी थपे, मैले साउदी, बहराइन, इजरायल, कुवेत लगाएत सबै देशका राष्ट्र प्रमुखसँग कुरा गरिरहेको छु । कूटनीतिक तवरले कुरा गर्नु पर्छ । त्यो भैरहेको छ ।’

विदेशमा रहेका नेपालीको उद्दार विषय सेन्टिमेन्टको कोणबाट मात्र नहेर्न उनको आग्रह छ । उनले भने,‘ मान्छे ल्याउन सेन्टिमेन्टमा ह्वार ह्वारह्वार्ति मान्छे मात्रै ल्याउने, क्वारेन्टाइनको व्यवस्था नगर्ने, देशलाई नै कोरोनाबाट स्वतर बनाउन त भएननी । भद्रगोल बनाउने पक्षमा छैन म ।’ ओलीले सबै कुरालाई संयोजित ढंगले गर्न सरकारले आफ्नो प्रयासमा लागिरहेको समेत बताए ।

प्रतिक्रिया