शुक्रबार, वैशाख १२, २०८२

आज बुधबार कृष्ण भगवानको आराधना गरी मन शान्त राख्नुहोस । आजको राशिफल ।

नेपालखोज २०७७ जेठ ७ गते ६:०९

आज ०७ जेठ २०७७ बुधवार को राशिफल

मेष
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मिथुन
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ ।

सिंह
आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

तुला
आज मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङ्न हुनेछ ।

धनु
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभावपनि बढ्नेछ ।

कुम्भ
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

बृष
आज तपाईको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कन्या
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनेछ । नजिकैको धार्मिक यात्रा रहला ।

बृश्चिक
आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

मकर
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउनसक्छ ।

मीन
साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया