शुक्रबार, वैशाख ७, २०८१

लन्च भयो अपडेटेड निसान किक्स बीएस, यस्ता छन् विशेषता

नेपालखोज २०७७ जेठ ७ गते १८:१०

काठमाडौँ । निसानले  अपडेटेड निसान किक्स् एसयूभी लन्च गरेको छ । भारतीय बजारमा सो कारको मूल्य ९ लाख ५० हजार देखि १४ लाख १५ हजार भारु रहेको छ । बीएस६ किक्स ७ भेरिएन्ट र २ पेट्रोल इन्जिनको विकल्पमा उपलब्ध रहेको छ । यसको डिजेल इन्जिन बन्द गरिएको छ । अपडेटेड निसान किक्स हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ ।

पावर
अपडेटेड निसान किक्समा बीएस६ कम्प्लयान्ट १.५ लिटर नेचुरली एस्परेटेड पेट्रोल इन्जिन र पावरफुल १.३ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प रहेको छ । १५ लिटर भएको इन्जिनले १०५ बीएचपीको पावर र १४२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । नयाँ १.३ लिटर टर्बो पेट्रोल इन्जिनले १५४ बीएचपीको पावर र २५४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल र ८ स्टेप सीभीटी अटोमेटिक गियरबक्सको विकल्प रहेको छ ।

 

माइलेज
सो एसयूभीको म्यानुअल गियरबक्सको साथमा १.५ लिटर इन्जिनको माइलेज १३.९ किलोमिटर प्रति लिटर रहेको छ । १.३ लिटर टर्बो इन्जिनको माइलेज १५.८ किलोमिटर प्रति लिटर रहेको छ ।

 

मूल्य

१.५ लिटर इन्जिन २ भेरिएन्ट एक्सएल र एक्सभीमा उपलब्ध रहेको छ । जसको मूल्य क्रमशः ९ लाख ५० हजार र १० लाख भारु रहेको छ । बीएस४ मोडल भन्दा १.५ लिटर इन्जिन भएको बीएस ६ मोडलको मूल्य ५ हजार भारु महँगो रहेको छ । १.३ लिटर टर्बो इन्जिन ३ भेरिएन्ट एक्सभी, एक्सभी प्रिमियम, एक्सभी प्रिमियम -ओ – मा उपलब्ध रहेको छ । जसको मूल्य क्रमशः ११ लाख ८५ हजार, १३ लाख ७० हजार र १३ लाख ९० हजार भारु रहेको छ । सीभीटी गियरबक्स टर्बो इन्जिनका साथ २ भेरिएन्स एक्सभी र एक्सभी प्रिमियममा उपलब्ध रहेको छ । जसको मूल्य क्रमशः १३ लाख ४५ हजार र १४ लाख १५ हजार भारु रहेको छ । किक्सको टर्बो पेट्रोल इन्जिन मोडलको प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस र एमजी हेक्टरसँग हुनेछ ।

लुक र कलर

बीएस ६ निसान किक्सको लुकमा केही परिवर्तन गरिएको छैन । सो एसयूभीको डिजाइन बीएस ४ मोडल जस्तो हुनेछ । यसको फ्रन्टमा भी शेप ग्रिल, स्लिक एलईडी हेडल्याम्प, फ्रन्ट बम्परमा फक स्किड प्लेटस समावेश गरेको छ । यसमा १७ इन्च अलोय ह्वील, बुमेरेङ शेप टेलल्याम्प र रुफ रेल्सको साथ उपलब्ध रहेको छ । बीएस६ किक्स एसयूभी ब्लेड सिल्भर, नाइट शेड, ब्रान्ज ग्रे, फायर रेड, पर्ल ह्वाइट र डीप ब्लु पर्ल रङमा उपलब्ध रहेको छ । सो बाहेक, एसयूभी ३ ड्युअल टोन कलर अम्बर ओरेंजको साथ ब्रान्ज ग्रे, ब्लेकको साथ फायर रेड र ब्लेकको साथ पर्ल व्हाइटमा उपलब्ध रहेको छ ।

 

इन्टेरियर र फिचर

यसको इन्टेरियर पनि पहिलाको जस्तो हुनेछ । जसमा ड्यासबोर्डमा सफ्ट टच प्लास्टिकको प्रयोग गरिएको छ । यसमा एन्ड्रोइड अटो, एपल कारप्ले र भ्वाइस रिकग्निसन सिस्टमको साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश रहेको छ । यसको साथै एसयूभीमा क्रुज कन्ट्रोल, अटोमेटिक एसी, रिमोट इन्जिन स्टार्ट, आइडल स्टार्ट स्टप सिस्टम, रेन सेन्सिङ वाइपर्स र अटोमेटिक हेडल्याम्प जस्ता फिचर रहेको छ ।

 

सेफ्टी

निसान किक्समा ४ एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट, स्पिड अलर्ट सिस्टम र ३६० डिग्री भ्यूको साथमा रिभर्स क्यामेरा जस्ता फिचर रहेको छ । -नेपाल अटो

प्रतिक्रिया