बुधबार, वैशाख २६, २०८१

लन्च हुँदै सेलेरियो, माइलेज कति ?

नेपालखोज २०७८ कार्तिक २४ गते ७:१२

काठमाडौं । भारतीय कम्पनी मारुती सुजुकीले आज (नोभेम्बर १०, बुधबार) देखि न्यु जेनरेसन मारुती सुजुकी सेलेरियोको बिक्री खुला गर्दै छ । सेलेरियोको यो नयाँ मोडल पहिलेको सेलेरियोको तुलनामा केही ठूलो र लामो छ ।

नयाँ मारुती सेलेरियो पुरानो मोडलको तुलनामा निकै फरक छ । यसमा अनेकौं परिवर्तन देख्न सकिन्छ जुन यसको रियर र फ्रन्ट लुकका साथ फिचर्स तथा इन्जिन पावरसम्ममा अनुभव गर्न पाइन्छ ।

यो ह्याचब्याक कार Heartect प्लेटफर्ममा तयार गरिएको हो जसमा नयाँ डिजाइन एलिमेन्टस, ट्रेंगुलर सेपको हेडल्याम्प तथा ब्याक सराउन्डिङ फग ल्यम्प आदि देख्न पाइन्छ । यसका साथ ओवल ग्रिल, क्रोम स्ट्राइप, नयाँ अलोय ह्‌विल, ठूलो विन्डो एरिया अनि नयाँ टेलल्याम्प पनि आउनेछ ।

नयाँ सेलेरियोमा १.० लिटरको थ्री सिलिन्डर के१०बी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गरिएको छ । जसको प्रयोग करेन्ट जेनरेसनका कारहरुमा भइरहेको छ । यसले ६८ पीएस पावर तथा ९० एनएम पिक टर्क जेनरेट गर्छ ।

सेलेरियोको यो नयाँ मोडल पुरानो मोडलको तुलनामा केही ठूलो छ भने यसमा पहिलेको सेलेरियोको तुलनामा बढी स्पेसियस क्याबिन दिइएको छ । त्यसका अतिरिक्त यसको ओभरअल न्यु डिजाइनले यो कारलाई निकै फ्रेस लुक दिएको छ । सेलेरियोको यो नयाँ मोडल ब्लुटुथ इन्टरटेनमेन्ट सिस्टम, स्टियरिङ माउन्टेड अडियो कन्ट्रोल, सिट हाइट एडजस्ट, पावर विन्डो तथा म्यान्युअल एयर कन्डिसनरजस्ता फिचरले सुसज्जित छ ।

यो पेट्रोल कारले २६ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिने बताइएको छ । ह्याचब्याक सेगमेन्टमा यति माइलेज दिने कार भारतमा यस अघि थिएनन् । नयाँ सेलेरियोलाई मारुती कम्पनीले फ्युल एफिसिएन्ट कारका रूपमा समेत प्रमोट गरिरहेको छ ।

No description available.

६ कलर अप्सनमा नयाँ सेलेरियो
नयाँ मारुती सुजुकी सेलेरियो ६ वटा कलर अप्सन- आर्क्टिक ह्‌वाइट, सिल्की सिल्भर, ग्लिस्टनिङ ग्रे, सोलिड फायर रेड, स्पिडी ब्लु तथा कफिन ब्राउनमा उपलब्ध हुनेछ । यो सेलेरियोमा चार ट्रिम्स- एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लसका साथ सात भेरियन्टबीच छनोटको अवसर रहनेछ । यसमा चार भेरियन्ट म्यानुअल ट्रान्समिसन तथा तीन भेरियन्ट अटोमेटिक ट्रान्समिसनका साथ आउनेछन् ।

यो सेलेरियो हाल बजारमा भएको पुरानो सेलेरियोको तुलनामा पावरफुल इन्जिन र बढी फ्युल एफिसिएन्ट छ । नयाँ सेलेरियो ५ स्पीड म्यानुअल र ५ स्पिड अटोमेटेड म्यानुअल ट्रान्समिसनका साथ आउनेछ ।

No description available.

इन्टेरियरमा सानदार फिचर
यो कारमा आइडल स्टार्ट स्टप फिचर पनि दिइएको छ । यसमा एड्रोइड अटो र एप्पल कार प्लेलाई सपोर्ट गर्ने फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । यो कारमा सेमी-डिजिटल इस्ट्रूमेन्ट कन्सोल, पुस बटन स्टार्ट/स्टपका साथ मल्टी-फङ्सनल स्टेयरिङ त छँदै छ ।

नेपालमा मिड रेन्जको मारुती सेलेरियोको मूल्य ३० लाखको हाराहारीमा रहने अनुमान छ । भारतमा यसको मूल्य लो रेन्जको ४.६५ लाख भारुदेखि हाइ रेन्जको ६ लाखसम्म पर्छ । नेपालमा मारुती सुजुकीको यो नयाँ सेलेरियो एक महिनाभित्र उपलब्ध हुने बताइएको छ ।

No description available.

प्रतिक्रिया