बिहीबार, वैशाख १३, २०८१

२०२१ को अन्त्यमा परिमार्जित फोर्ड इकोस्पोर्ट लन्च हुने, यस्ता हुने छन् विशेषता

नेपालखोज २०७७ जेठ ७ गते १८:१७

काठमाडौँ । २०२१ को अन्त्य वा २०२२ को शुरुमा परिमार्जित फोर्ड इकोस्पोर्ट लन्च हुँदैछ । केही दिन अगाडि मात्र न्यु जेनेरेसन फोर्ड इकोस्पोर्टको फोटो अनलाइनमा लिक भएको थियो । फोर्डको सो एसयूभीेले हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

२०२१ फोर्ड इकोस्पोर्ट पहिलो पटक ब्राजिलियन बजारमा लन्च गरिने छ । सो एसयूभी भारतमा २०२१ को अन्तमा वा २०२२ को सुरुमा लन्च हुने सम्भावना रहेको छ । त्यही हाराहारीमा नेपाली बजारमा पनि आउन सक्छ । न्यु जेनेरेसन २०२१ इकोस्पोर्टमा ५ परिवर्तनहरु गरिएको   छ ।

 

परिमार्जित प्लेटफर्म
२०२१ फोर्ड इकोस्पोर्ट हालको बी३ प्लेटफर्मको मोडिफाइड भर्सनमा डिजाइन गरिने छ । अपडेटेड भर्सन हाल उपलब्ध मोडल भन्दा बलियो हुने अपेक्षा गरेको छ । भारतमा उपलब्ध हुने सब–कम्प्याक्ट एसयूभी यही नयाँ प्लेटफर्ममा आधारित हुनेछ ।

 

सुधारिएको स्टाइल
ब्राजिलियन संस्करणको नयाँ फोर्ड इकोस्पोर्ट भारतमा उपलब्ध मोडल भन्दा फरक देखिने । सो एसयूभीमा नयाँ डिजाइनको ग्रिल, नयाँ डिजाइन गरिएको हेडल्यामप, क्रोम बिट्स र एलईडी फगल्याम्प सहित नयाँ बम्परको फिचर रहेको छ । हाल उपलब्ध मोडलमा भन्दा नयाँ २०२१ फोर्ड इकोस्पोर्टको रुफ केही पछाडी ढल्किएको छ । अलोय ह्विल पनि अपडेट गरिएको छ । नयाँ इकोस्पोर्टमा पुन डिजाइन गरेको एलईडी टेलल्याम्प रहेको छ जसको बीचमा कालो लाइन राखिएको छ । पछाडिको बम्परको तल सिल्भर स्किड प्लेट रहेको छ ।

ठूलो क्याविन
२०२१ फोर्ड इकोस्पोर्टको केही डायमेन्सनमा परिवर्तन गरेको छ । सो एसयूभी पुरानो मोडलभन्दा ठूलो क्याबिन र अलि ठूलो आकारको   हुनेछ । नयाँ मोडलको कार्गो क्षमता पनि बढाएको छ ।

फिचर
न्यु जेनेरेसन फोर्ड इकोस्पोर्टमा ४ इन्चको इन्फोटेनमेनट सिस्टम, लेटेस्ट स्मार्टफोन कनेक्टेड र ठूलो टचस्क्रिनको साथमा उपलब्ध हुने सम्भावना रहेको छ । यसको साथै सो एसयूभीमा सुविधाजनक सामानहरु र सेफ्टी फिटमेन्ट हुने अनुमान गरिएको छ ।

टर्बो इन्जिन
ब्राजिलियन मोडलमा १.५ लिटर र ३ सिलिन्डर पेट्रोल हुने अनुमान गरिएको छ जसले १३५ बीएचपीको पावर जेनेरेट गर्छ ।

प्रतिक्रिया