कोरोना : थप ८ जना डिस्चार्ज, यस्तो छ डिस्चार्ज हुनेहरुको विवरण
नेपालखोज
२०७७ जेठ ७ गते १८:२२
काठमाडौँ । ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमित ८ जना आज (बुधबार) विराटनगरको कोशी अस्पतालमाबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्दा छन् ।
उनीहरु वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
योसँगै नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
सम्बन्धित

प्रतिक्रिया