काठमाडौँको मैतीदेवी क्षेत्र सिल

नेपालखोज २०७७ जेठ ७ गते १९:३४

काठमाडौँ । काठमाडौँको मैतीदेवी क्षेत्र सिल गरिएको छ । यहाँ कोरोना संक्रमित भेटिएपछि तत्काल यो क्षेत्र सिल गरिएको हो । मंगलबार कोरोना संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति बसोबास गर्ने भएकाले मैतीदेवी क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।

सडकमा डोरी टाँगेर कोरोना प्रभावित क्षेत्र लेखी त्यहाँभित्र जान र आउन प्रतिबन्ध गरिएको छ । त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

मैतीदेवी क्षेत्रमा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलनको काम भइरहेको छ ।

खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए, उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया