शुक्रबार, वैशाख १२, २०८२

लकडाउनको बेला घरमै बसी विष्णु भगवानको आरधना गर्नुहोस । आजको राशिफल ।

नेपालखोज २०७७ जेठ ८ गते ६:१८

आज ०८ जेठ २०७७ बिहिवार को राशिफल

मेष
आज स्वादाइष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

मिथुन
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

सिंह
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त संग कुराकानी हुनेछ ।

तुला
आज आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

धनु
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

कुम्भ
समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

बृष
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहनसक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

कर्कट
आज रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

कन्या
आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

बृश्चिक
आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चापनि हुनेछ ।

मकर
आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मीन
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । संगीत र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । । शिक्षापनि राम्रै हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया