प्रहरीद्धारा १० लाख नगदसहित मोटरसाइकल बरामद

नेपालखोज २०७७ जेठ ८ गते १०:०६

रौतहट । रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजेको थियो । तर उनीहरु रोकिएनन् । प्रहरीले पछयाउन थालेपछि डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए । सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको थियो ।

बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया