शुक्रबार, वैशाख १४, २०८१

फेसबुकले व्यापारीहरुकालागि दियो यस्तो नयाँ मौका !

नेपालखोज २०७७ जेठ ८ गते १४:५२

काठमाडौँ । व्यापारीहरुका लागि फेसबुकले नयाँ अनलाइन प्लेटफर्म सुरु गरेको छ। यो प्लेटफर्ममा व्यापारीले आफ्ना उत्पादन प्रदर्शन गर्न र लाइभ बिक्री गर्न पनि सक्ने छन्।

फेसबुकले जारी गरेको विज्ञप्ति अनुसार फेसबुक पेज र इन्स्टाग्रामबाट पुग्न सकिने यो प्लेटफर्मको मद्दतबाट व्यापारीले अनलाइन पसल खोल्न सक्नेछन्।

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार यो परियोजना कोरोना भाइरस संकटका कारण क्षति व्यहोरिरहेका साना ब्यापारीको सहयोगका लागि सुरु गरिएको हो।

जुकरबर्गका अनुसार यो नयाँ प्लेटफर्ममा अनलाइन पसल खोल्नका लागि ब्यापारीसँग कुनै शुल्क लिइने छैन। यद्यपि, पसलमा भएको कारोबारमा भने न्यूनतम निश्चित शुल्क लाग्ने छ।

विज्ञप्तिमा भनिएको छ, ‘फेसबुक युजरले पसलमा कसरी अन्तरक्रिया गर्छन्, कस्ता उत्पादनमा बढी रुची देखाउँछन् जस्ता विषयको पनि हामीले जानकारी लिने छौं। तर यस्तो जनाकारी उपभोक्त, पसल र फेसबुकमा सीमित रहने छ।’

जानकारहरुका अनुसार यस्तो जनाकारी लिएर फेसबुकले उपभोक्तसम्म सही विज्ञापन पुर्याउने आफ्नो क्षमता अझै बढाउने छ। यद्यपि, यसबाट फेसबुक प्रयोगकर्तालाई आफ्ना व्यक्तिगत सूचनाको दुरुपयोग हुने हो कि भन्ने चिन्ता पनि थपेको छ। —एएफपी

प्रतिक्रिया