शनिबार, जेठ ५, २०८१

च्याट जिपिटी : अमेरिका र बेलायतका शिक्षा कम्पनीको शेयरमा गिरावट

नेपालखोज २०८० वैशाख २० गते १२:३३

काठमाडौं । अनलाइन ट्युसन प्रदान गर्ने र पुस्तक प्रकाशन गर्ने धेरै ठुला कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएको छ । च्याट जिपिटी जस्ता कृत्रिम बुद्धिमत्ता वटहरूले कम्पनीहरूको व्यवसायलाई असर गरेको उनीहरू बताउँछन् ।

अमेरिकी कम्पनी ‘चेग’को सेयर मूल्य मङ्गलवार ५१ प्रतिशतले घट्दा कम्पनीलाई एक अर्ब डलरभन्दा बढी घाटा भएको छ । योसँगै बेलायती कम्पनी ‘पियर्सन’ले आफ्नो कुल मूल्यको छैटौँ भाग गुमाएको छ ।

चेगका सिइओ ड्यान रोजेन्सवेग भन्छन् कि विद्यार्थीहरू च्याट जीपीटीमा बढी चासो राख्दैछन् र कम्पनीले नयाँ ग्राहकहरूलाई आकर्षित गर्न असमर्थ छ। कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स वटहरूसँग लड्न आफ्नै एआई उपकरण पनि लन्च गरेका छन् ।

विश्लेषकहरू विश्वास गर्छन् कि प्रकाशन र शिक्षा उद्योगहरू तथा कम्पनीहरूमा एआईको प्रभाव स्पष्ट देखिएको छ । एआईले स्थापित व्यापार मोडेलहरूलाई पनि बाधा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया