काठमाडौँ महानगरमा लकडाउन कडाई भैरहँदा ललितपुर महानगरले भने ग¥यो यस्तो निर्णय

नेपालखोज २०७७ जेठ ८ गते १४:५७

टंककला तिमिल्सेना,
ललितपुर । ललितपुर महानगरपालिका भित्रका खाद्यान्न, किराना, फलफूल, तरकारीलगायत पसलहरू दिनभरी खोल्ने निर्णय गरिएको छ।

२९ वटै वडाका ठूला मार्ट बिहान १० देखि बेलुका ७ बजेसम्म र साना पसलहरू बिहान ७ देखि बेलुका ७ बजेसम्म खुला राख्ने महानगरपालिकाले ७ जेठमा निर्णय गरेको हो।

पसलमा सुरक्षाका उपाय भने अपनाउनु पर्नेछ। पसल अगाडि साबुन पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न पनि महानगरपालिकाले निर्देशन दिएको छ।

ग्राहक तथा पसल सञ्चालकले अनिवार्य मास्क लगाउनुपर्ने तथा कम्तिमा दुई मिटरको दूरी राखेर किनमेल गर्नुपर्नेछ।

त्यस्तै सबै खालका पसलमा मूल्य सूची देखिने गरी राख्नुपर्ने पनि महानगरले जनाएको छ।

प्रतिक्रिया