बिहीबार, वैशाख १३, २०८१

हवाई क्षेत्रमा विश्व इतिहासमै पहिलोपटक घट्यो यस्तो घटना !

नेपालखोज २०७७ जेठ ८ गते १५:४०

काठमाडौँ । विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले मानवीय क्षतिमात्र नभइ आर्थिकरुपमा समेत ठूलो क्षति पुर्‍याएको छ । विश्व अर्थतन्त्रको महत्वपूर्ण अवयवहरु लथालिंग बनेका छन् ।

अहिले हवाई क्षेत्र प्रभावित हुँदा विश्वको उड्डयन क्षेत्र चर्को आर्थिक संकटमा धकेलिएको छ । कोरोना महामारीले हवाई उड्डयनको क्षेत्रलाई पाँच महिनाको अवधिमै तहसनहस बनाइदिएको छ ।

अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेका विमान कम्पनीहरु नराम्ररी थलिएका छन् । अधिकांश राष्ट्रहरुले ‘लकडाउन’को घोषणा गरेपछि कति विमान कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् भने कतिपय बन्द भइसकेका छन् ।

हवाई क्षेत्रहरुमा काम गर्ने लाखौं मानिसको जागिर जोखिममा परेको छ । विगतको सामान्य अवस्थामा प्रत्येक क्षण विश्वभर एकै समय २० हजार उडान हुने गरेको थियो । ९० लाखभन्दा बढी यात्रीले यात्रा गर्थे । तर, कोरोना महामारीका कारण मानिसको आवत–जावत रोकिएको छ ।हजारौं विमानहरु अहिले ‘ग्राउन्डेड’ छन् ।

विश्वकै इतिहासमा पहिलोपटक ९५ प्रतिशत विमानहरु ग्राउन्डेड भएका छन् । ७० प्रतिशत विमानहरु अहिले पार्किङमा छन् । सधैं व्यस्त रहने विमानस्थलहरु सुनसानजस्तै बनेका छन् । आईएजी, युनाइटेड अमेरिकन एअरलाइन्स, एमिरेट्स लुफ्तान्सा, थाई मौरिसस्जस्ता हवाई कम्पनीलाई लकडाउनले निकै असर पुर्‍याएको छ ।

हजारौं विमानले उडान र अवतरण भर्दै आएको विमानस्थलमा विमानहरु पार्किङमा छन् ।

लामो समयसम्म पार्किङ गरिएको खन्डमा विमानको इन्जिनमा खराबी आउनसक्ने चुनौती पनि उत्तिकै छ ।

विश्व अर्थतन्त्रमा १०।३ प्रतिशत योगदान दिने हवाई क्षेत्रमा परेको आर्थिक मन्दीको संकटमा विश्वको अर्थतन्त्र नै खस्केको छ ।

हवाई क्षेत्रले सन् २०१९ को तुलनामा युरोपियन एअरलाइन्सहरुले मात्र २०२० मा ५५ प्रतिशतले घाटा व्यहोरेको तथ्यांक छ ।

कोरोना महामारी कतिसम्म रहन्छ, त्यसले नै हवाई क्षेत्रले व्यहोर्नुपर्ने थप आर्थिक क्षतिको तस्वीर स्पस्ट हुँदै जानेछ । –एजेन्सी

प्रतिक्रिया