विदेशबाट फर्किएका नागरिकहरुलाई व्यवस्थित होटलमा राख्ने तयारी
काठमाडौं । विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ ।
बिहीबार सहरी विकस मन्त्रालयमा भएको छलफलमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रुपमा चलेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिन स्थल बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए । देशभरका क्वारेन्टिनको अनुगमन र सहजिकरणको जिम्मेवारीमा रहेत रहेका मन्त्री मानन्धरले मुलुक र जनता संकटमा परेको बेला सरोकारवाला सबैले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए ।
मन्त्री मानन्धरले देश नै संकटमा परेका बेला ठुला होटलहरुलाई क्वारेन्टिन स्थलका रुपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै व्यावसायीबाट आवश्यक सहयोगको अपेक्षा समेत गरे । मन्त्री मानन्धरले हाल खाली रहेका होटलहरुलाई निश्चित रकम तिरेर सरकारले जनताको जिवन रक्षाका लागि प्रयोग गर्न सक्ने बताएका हुन् ।
विदेशमा विपदमा परेका नागरिकहरुलाई सरकारले उद्दार गरि ल्याएको अवस्थामा उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पुर्व तयारी गरिएको बताउँदै मन्त्री मानन्धरले हाल उपत्यकामा ५ सय १८ वटा बेड तयारी अवस्थामा रहेको बए ।
विदेशबाट फर्किने मजदुर बर्गका सर्वसाधारण र अन्य प्रयोजनमा विदेश गएर फर्कन लागेकाहरुबीच वर्गिकरण गरिने बताउँदै श्रमका लागि खाडी लगायतका मुलुकमा पुगेर विपद्मा फसेका कामदारलाई सरकारले प्राथमिकता दिने मन्त्री मानन्धरले बताए ।
खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारणलाई सरकारले क्वारेन्टिन लगायतका व्यवस्थापनमा प्राथमिकतामा राख्ने बताउँदै मन्त्री मानन्धरले विपद्मा फसेका नेपालीबारे सरकार चिन्तित रहेको बताए । हवाई मार्ग भएर फर्कनेहरुका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाउने र सम्बन्धित स्थानिय तह मार्फत् व्यवस्थापन गर्नेबारे सरकारले छलफल गरिरहेको मन्त्री मानन्धरले बताए ।

प्रतिक्रिया