बुधबार, असार ११, २०८२

कस्तो छ आजको मौसमी अवस्था ?

नेपालखोज २०७७ जेठ १० गते ८:३३

काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाखाका अनुसार आज काठमाण्डौं उपत्यकासहित केही पहाडी जिल्लाको मौसम आंशिक बदली भएको छ ।

पश्चिम र पूर्वका केही ठाउँको मौसम भने सामान्य बदली भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । विशेषगरी पूर्व र पश्चिमका क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यस अघि नेपालमा बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको अप्रत्यक्ष प्रभाव परेको थियो । जसका कारण मध्य र पूर्वका धेरै ठाउँको मौसम बदली भएको थियो भने केही ठाउँमा हावाहुरीसहित वर्षा भएको छ ।

अहिले चक्रवातको प्रभाव नेपालबाट हटिसकेको तर पश्चिमी वायुको प्रभाव बढेकाले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिए।

प्रतिक्रिया