क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै प्रदर्शन
नेपालखोज
२०७७ जेठ १० गते १४:२०
बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकाको निर्मित क्वारेटाइन व्यवस्थित नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
कोटहीमाई वडा नम्बर ६ बोगडी माविमा बनाइएको क्वारेन्टाइनले गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले शनिबार बिहान नाराजुलुस सहित प्रदर्शन गरेका हुन् ।
क्वारेन्टाइनमा बसेका मानिस र गाउँपालिकामा कार्यरत कर्मचारीको लापरवाही बिरुद्ध भन्दै गाउँका ४ सय बढी स्थानियले शनिवार बिहान गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादव विरुद्ध नाराबाजी गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बिद्यालयबाट क्वारेन्टाइन हटाउनुपर्ने माग राखेर आन्दोलनमा स्थानीय उत्रिएको आफूले जानकारी पाएको बताए । गाउँपालिकाले बोगडी माविमा शुक्रवार दुई सय बेडमा क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई राखेको छ ।
सम्बन्धित
प्रतिक्रिया