नयाँ नक्सा र एमसीसीबारे छलफल गर्न नेकपा शीर्ष नेताको भेला बालुवाटारमा जारी

नेपालखोज २०७७ जेठ १० गते १७:१४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको भेला वालुवाटारमा जारी छ ।

दिउँसो ३ बजेपछि सुरु भएको भेलामा नेकपाका सचिवालय सदस्यबाहेक अर्थमन्त्री युवराज खतिवडा, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली र भीम रावल सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा बजेटको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । बजेटकै विषयमा छलफल हुने भएकाले अर्थमन्त्री पनि सहभागी छन् ।

यस्तै हालै प्रकाशित नयाँ नक्सा र अमेरिकी मिलिनियम च्यालेन्ज (एमसीसी) का विषयमा पनि छलफल भइरहेको छ। नक्सा जारी पछि सीमाका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी छ ।

प्रतिक्रिया