इजरायलमा ९० राष्ट्रका राजदूत मध्ये उत्कृष्ट राजदूत अञ्जान शाक्य

नेपालखोज २०७७ जेठ १० गते २१:०२

काठमाडौं । इजरायलमा रहेका ९० कुटनीतिक नियोग मध्ये इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य एम्वेस्डर अफ द एयरबाट सम्मानित भएकी छिन् । सो अवार्ड पाउने एशियाली पहिलो राजदूतका रुपमा शाक्यका आफ्नो पहिचान बनाएकी छिन् ।

इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने सो सम्मान एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा दिने निर्णय गरेको हो ।

‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका ९० कूटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको जनाएको छ । उनले नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन योगदान गरेकाले शाक्यको पक्षमा मत जाहेर गरेको उल्लेख गरे ।

प्रतिक्रिया