शुक्रबार, वैशाख १२, २०८२

लकडाउनको बेला आज आइतबार मन शान्त राख्न सुर्यदेवको दर्शन गर्नुहोस । आजको राशिफल ।

नेपालखोज २०७७ जेठ ११ गते ६:१२

आज ११ जेठ २०७७ आइतवार को राशिफल

मेष
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मिथुन
लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोधपनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

सिंह
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

तुला
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

धनु
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

कुम्भ
सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउन सक्छ ।

बृष
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहार्मिक र सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

कर्कट
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ ।

कन्या
महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाईएला । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

बृश्चिक
आज अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । आफ्नो भूमिबाट लाभ रहला ।

मकर
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा सामान्य धनलाभ हुनेछ ।

मीन
आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया