शुक्रबार, वैशाख ७, २०८१

जन्मनु अघि तय हुने चार कुरा

नेपालखोज २०७९ चैत ७ गते ७:५३

मानिसको जन्म हुनुअघि नै कतिपय कुराहरू तय हुन्छन् । आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थमा शान्तिपूर्वक बाँच्नका लागि सयौं नीतिहरू उल्लेख गरेका छन् । उनले आफ्नो नीति ग्रन्थमा व्याख्या गरेका छन कि कसरी प्रत्येक व्यक्तिको जीवनमा पाँच चीजहरू जन्मनु अघि नै तय हुन्छन् । यसका साथमा उनले कर्मलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरा पनि बताएका छन । आउनुहोस् हेरौं ती पाँच कुराहरू जुन जन्मनुअघि नै तय हुन्छ ।

आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थको चौथो अध्यायको पहिलो श्लोकमा भनेका छन्- आयुः कर्म च विद्या च वित्तं निधनमेव च . पञ्चैतानि विलिख्यन्ते गर्भस्थस्यैव देहिनः ॥ चाणक्यको यो श्लोकको अर्थ हो उमेर, कर्म, धन, ज्ञान र मृत्यु यी पाँच चीजहरू मानिस गर्भमा आउँदा नै निर्धारित हुन्छन् ।

सामान्यतया यसमा कुनै परिवर्तन हुँदैन। कर्मलाई अस्वीकार गर्न सकिँदैन : चाणक्यले भनेका छन् – कर्ममा जे भए पनि प्रयासलाई अस्वीकार गर्न सकिँदैन । यो सबै कुराको मूलमा छ। जसलाई प्रारब्ध भनिन्छ । शास्त्रमा भनिएको छ – मानिसको पहिलो कर्तव्य कर्म गर्नु हो। दृढ संकल्पका साथ काम गर्ने हो भने यी सबैमा पनि परिवर्तन ल्याउन सकिन्छ ।

चाणक्य अर्को श्लोकमा भन्छन्- धर्मार्थकाममोक्षेषु यस्यैकोऽपि न विद्यते. जन्म-जन्मनि मत्र्येषु मरणं तस्य केवलम्.. अर्थात् धर्म, अर्थ, काम र मोक्ष गरी चार मुख्य उद्देश्यका लागि मानिसको जीवनको सृष्टि भएको हो । जसले यी चार चीजहरूमध्ये एउटा पनि पाउँदैन, त्यो मर्नका लागि मात्र जन्मन्छ । आचार्य चाणक्य भन्छन् – मानिसले काम गरेर मात्र धन कमाउनुपर्छ।

प्रतिक्रिया