कोरोनाका कारण प्रभावित नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गर्ने तयारी

नेपालखोज २०७७ जेठ ११ गते १७:५९

बाँके । कोरोना भाइरसको संक्रमणबाट प्रभावित बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिने भएको छ । साथै त्यस क्षेत्रमा सेना परिचालन गर्ने तयारी गरिएको छ ।

आइतबार बसेको बाँके जिल्ला सुरक्षा समितिको वैठकले नरैनापुरको स्थितीलाई नियन्त्रणमा राख्नका लागि उक्त गाउँपालिकामा निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने निर्णय गरेको हो ।

आज रातिदेखि उक्त गाउँपलिकालाई निषेधित क्षेत्र घोषणा गरी सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिको वैठकले गरेको हो ।

उक्त गाउँपालिकामा अहिलेसम्म १ सय १४ जना संक्रमित छन् । संक्रमितलाई अस्पताल लैजान नदिने र हुलहुज्जत गर्ने काम भएपछि शनिबार गाउँपालिकाले केन्द्र सरकारलाई गुहारेको थियो ।

 

प्रतिक्रिया