प्रधानमन्त्री ओलीले बुझाए राष्ट्रपतिसमक्ष प्रतिवेदन

नेपालखोज २०७७ जेठ १२ गते १५:०५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६÷७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

समारोहमा राष्ट्रपति भण्डारी उपप्रधान ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया