यस्तो छ निरोगी नेपालका लागि प्रधानमन्त्रीका ५ टिप्स

नेपालखोज २०७७ जेठ १२ गते १८:४१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्दै निरोगी नेपाल बनाउन पाँच वटा टिप्स दिएका छन्। आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्।

निरोगी नेपालका लागि प्रधानमन्त्रीका ५ टिप्स

१. कोरोना भाइरसको महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।

२. लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं। शारीरिक र श्वास प्रश्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ।

३. भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ।

४. स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।

५. उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधिका विरुद्धको लडाइँमा कमजोर तुल्याउँछ।

प्रतिक्रिया