रुकुम घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग
काठमाडौँ । रुकुम घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिले माग गरेको छ ।
रुकुमको चौरजहारीमा जाजरकोटाका तीन युवाको ज्यान लिनेगरी भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै नेपाल बार एशोसिएसनको मानव अधिकार समितिले दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरेको छ।
समितिले घटनालाई नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय अनुबन्धन, नेपालको संविधान र प्रचलित कानुन विपरीत भएको छ ।
समितिको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना हामी मानव मात्रको लागि दुखद् र लज्जाको विषय पनि हो । घटना सामूहिकरुपमा भएका कारणले हाम्रो सामूहिक विवेकमा पनि यसले गम्भीर प्रश्न खडा गरेको छ । तसर्थ, विधिको शासन, मानव अधिकार तथा सामाजिक न्यायको पुनस्थापनका लागि रुकुमको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमाजिम कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति समेतको व्यवस्था गर्न नेपाल सरकार लगायत सम्बन्धित सबैमा यो समिति जोडदार माग गर्दछ ।’
जेठ १० गतेको उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा र टीकाराम सुनारको मृत्यु भएको छ। अन्य तीन जना अझै बेपत्ता छन् ।
१९ मध्ये अन्य घाइते भएका छन्। प्रेमिका भगाउन भन्दै चौरजहारी पुगेका नवराज विकसहितका १९ जनामाथि केटीको परिवार, जनप्रतिनिधि र स्थानीयले आक्रमण गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया