बेलायतमा १५ जुन देखि खुद्रा पसल खोल्ने
नेपालखोज
२०७७ जेठ १३ गते १४:१७
काठमाडौा । बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोना महामारीका कारण गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेका छन् ।
आज पत्रकार सम्मेलनमा बोरिसले १५ जुन पछि अति आवश्यक खुद्रापसलहरु खोल्न दिइनेछ ।
तर सबै पसलले सरसफाइ गर्नैपर्छ र सामाजिक दुरी कायम भने गर्नैपर्छ । उनले आउटडोर बजार तथा कार शो रुमहरु जुन १ बाट खोलिने बताए ।
यसअघि बोरिसले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणका लागि तयारी अवस्थामा रहेको बताएका थिए ।
उनले जुन १ देखि इग्ल्याण्डमा बच्चाहरुको स्कुल खोल्ने बताए । बेलायतको स्वास्थ्य विभागका अनुसार गत २४ घण्टामा बेलायतमा १ सय २१ जनाले कोरोनाको कारण मृत्यु भएको छ ।
योसँगै बेलायतमा कोरोनाका कारण मर्नेको संख्या ३६ हजार ९ सय बढी पुगेको छ । एजेन्सी
सम्बन्धित
प्रतिक्रिया