आज एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ७७२ पुग्यो
नेपालखोज
२०७७ जेठ १३ गते १६:५३
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । आज एकैदिन ९० जनामा कोरोना संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७२ पुगेको छ।
आज ९० जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।
साथै आज ४३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरु आज नारायणी अस्पतालबाट डिस्चार्ज भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ।
सम्बन्धित

प्रतिक्रिया