रुकुम घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

नेपालखोज २०७७ जेठ १३ गते १९:५१

काठमाण्डौं । पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मङ्गलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेपाली कांग्रेसका पूर्वसांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्वसदस्य मञ्जित ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।

अहिलेको २१ औँ शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानवीय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दलित आयोगका पूर्वसदस्य ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने र पीडकलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो । पूर्वसांसद राजिवविक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुने गरी संविधानमा उल्लेख भए पनि अझै समुदायस्तरमा चेतनाको कमीका कारण यस्ता घटना हुने गरेको बताए ।

ग्रामीण क्षेत्रमा जातीय विभेदविरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित तीन जनाको ज्या नगएको छ भने १२ जना घाइते भएका छन् ।

प्रतिक्रिया