शुक्रबार, वैशाख १४, २०८१

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ जेठ १५ गते ६:५०

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिम वायुको आशिंक प्रभाव, पूर्वी भुभाग नजिक निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज पश्चिम, पुर्वी र स्थानीय वायुको प्रभावले देशको विभिन्न भावमा सामान्य तथा आशिंक बदली रहने महाशाखाले जनाएको छ । आज दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

पश्चिमी भू–भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राति देशको मध्य र पूर्वी भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भू–भागका केही स्थानहरुका साथै पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया