शुक्रबार, वैशाख ७, २०८१

प्रिमियर लिगका थप चार जनामा खेलाडीमा कोरोना संक्रमण

नेपालखोज २०७७ जेठ १५ गते ८:२२

एजेन्सी । मार्चदेखि स्थगित रहेको प्रिमियर लिग सुचारु गर्नुपुर्व सम्पुर्ण क्लबका खेलाडी र पदाधीकारीहरुको कोरोना परीक्षण तीब्र रुपमा भइरहेको छ ।

पछिल्लो रिपोर्ट अनुसार प्रिमियर लिगका तीन क्लबका चारजना कोरोना भाइरसबाट संक्रमित भएका छन् । सबै गरी एक हजार ८ जनाको कोरोना परीक्षण भएको थियो जसमा चारजना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो ।

सबै खेलाडी र पदाधिकारीहरुको कोरोना परीक्षण क्लियर भएपछिमात्रै खेल सूरु गर्ने तय भएको थियो । सोही अनुरुप पछिल्लो समय तीब्र रुपमा कामहरु भइरहेको बताइएको छ ।

हालसम्म लिगका २ हजार ७५२ जनाको कोरोना परीक्षण भएको छ ।

प्रतिक्रिया