सोमबार, मंसिर १३, २०७८

अवैध काठसहित पाँच पक्राउ

नेपालखोज २०७७ जेठ १६ गते १७:०३

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डिभिजिन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।

पक्राउ पर्नेमा सोही ठाउँका ट्र्याक्टर धनी सरोज श्रेष्ठ, ट्र्याक्टरका चालक रमेश कुमाल, सहचालक नवराज परियार, दीपेन्द्र कुमाल तथा कैलालीको धनगढी उपमहानगरपालिका–८ का हरि विष्ट रहेका उनले बताए ।

इजाजतबिना नै काठ लैजाँदै गरेको थाहा पाएपछि स्थानीयवासीले अमलाभन्ज्याङस्थित प्रहरी चौकीलाई जानकारी गराएका थिए । स्थानीयवासी र प्रहरीले काठ बोकेको ट्र्याक्टरसहित उनीहरुलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको हो । नियन्त्रणमा लिइएका दुई ट्र्याक्टरमा सालको नौ थान ९३।७५ क्यूफिट० र बरको ३२७ थान (८८.८८ क्यूफिट) चिरान काठ रहेको पाइएको प्रमुख पौड्यालको भनाइ छ ।

प्रतिक्रिया