शुक्रबार, वैशाख ७, २०८१

फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा

नेपालखोज २०७७ जेठ १७ गते ८:५८

एजेन्सी । टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा परेका छन् । फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

फोब्सको नम्बर एक सूचिमा परेका उनले फुटबल स्टार लियोनल मेस्सीलाई उछिनेका छन् । ३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे ।

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् ।

कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेको बताइएको छ ।

प्रतिक्रिया