बिहीबार, माघ १०, २०८१

संविधान संशोधनकालागि संसदमा विधेयक पेश

नेपालखोज २०७७ जेठ १८ गते १३:२१

काठमाडौँ । प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पेश भएको छ।

Advertisement

कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक पेश गरेकी हुन्।

सरकारले हालै भारतले अतिक्रमण गरेको भूमि समावेश गरेर नयाँ नक्सा प्रकाशित गरेको थियो। उक्त नक्सालाई संवैधानिकता दिन संविधान संशोधन गर्न लागिएको हो।

निशान छापमा नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ।

यसअघि पनि संविधान संशोधनको विषय संसदको कार्यसूचीमा राखिएको भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिबाट संशोधनको पक्षमा निर्णय गर्ने बताएपछि कार्यसूचीबाट हटाइएको थियो।

कांग्रेसले हिजो शनिबारको केन्द्रीय समिति बैठकबाट अद्यावधिक नक्सा समेटिएको संविधानको अनुसूची संशोधन गर्ने प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ।

त्यसैगरी राप्रपाले पनि विधेयकलाई समर्थन गर्ने भएको छ। दुई पार्टीले समर्थन गर्ने भएपछि दुई तिहाइ बहुमत सुनिश्चित भएको छ।

२०७२ असोज ३ गते जारी भएको संविधानमा २०७२ माघ ९ गते पहिलो संशोधन भएको थियो।

संविधानको धारा ४२ मा ुसामाजिक रुपले पछि परेको जाति, वर्ग, समुदाय र क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक रहनेछु भन्ने प्रावधान रहेकोमा त्यसलाई संशोधनमार्फत् ‘आर्थिक, सामाजिक, शैक्षिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, सीमान्तकृत, किसान, श्रमिक तथा आर्थिक रुपले विपन्न वर्गलाई राज्यको निकायमा सहभागिताको हक हुनेछ भन्ने व्यवस्था थप गरिएको थियो।

यस्तै ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसङ्ख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी हरेक जिल्लामा एक निर्वाचन क्षेत्र कायम गरिनेछ’ भन्ने व्यवस्था थप गरिएको थियो।

प्रतिक्रिया