दशगजामा सशस्त्र प्रहरी र भारतीयबीच झडप
सर्लाही । सर्लाहीको विष्णुपुर गाउँपालिकाको पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
अवैध रुपमा सीमा प्रवेश गर्न खोजेका भारतीय नागरिकहरुलाई सशस्त्र प्रहरीले रोकेपछि झडप भएको हो । झडपको क्रममा प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ ।
केही भारतीय नागरिकले अवैध रुपले समान छिराउन खोज्दा नेपाली सुरक्षाकर्मीले रोकेपछि झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए ।
‘दुई तीनजना मानिस अवैध रुपले समान छिराउन खोजेका थिए, नेपाली सुरक्षाकर्मीले समाना छिराउन दिएन्,’ नेपाल समयसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी जीसीले भने,‘नाकाबाट फर्केर गएका उनीहरुले गाउँबाट ५०–६० का साथ आएका उनीहरु सशस्त्र प्रहरीलाई घेरा हालेपछि झडपको अवस्था निम्तियो ।’
सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि घेरा हाल्न खोजेका उनीहरु भागेर भारततर्फ गएको प्रमुख जिल्ला अधिकारी जीसीले बताए । अहिले त्यस क्षेत्रमा अवस्था सामान्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया