कोरोना : अमेरिकामा करिब साढे ५ लाख निको भए, १ लाख ६ हजारको मृत्यु, यस्तो छ अन्य अवस्था !
नेपालखोज
२०७७ जेठ १९ गते १३:३७
काठमाडौँ । पाँच महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ ।
कुल संक्रमितमध्ये ५ लाख ४१ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ११ लाख ८९ हजार ४०९ जनामध्ये १७ हजार १०१ जनाको अवस्था गम्भीर रहेको छ । -एजेन्सी
सम्बन्धित

प्रतिक्रिया