मंगलबार, वैशाख ११, २०८१

महिलाका लागि छुट्टै क्वारेन्टिन

नेपालखोज २०७७ जेठ १९ गते १५:०९

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टिन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन् । क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए ।

जिल्लामा ८० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए। जिल्लामा १४४ क्वारेन्टिनमा महिलापुरुष गरी तीन हजार ९१८ जना छन् ।

प्रतिक्रिया