कोरोना : फेरि थपिए १३ जना संक्रमित, जम्मा १८ सय ११

नेपालखोज २०७७ जेठ १९ गते १९:०८

काठमाडौँ । प्रदेश नं ५ का विभिन्न जिल्लामा पुनः १३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार (आज)  साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर कोरोनाका संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।

साँझ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा गरेर १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिकाका १९ देखि ४० वर्षका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै पाल्पाको निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासीको सरावल गाउँपालिकाका ५ वर्षीय बालक, गुल्मीको रेसुंगा गाउँपालिकाका २६ वर्षीय पुरुष तथा रुपन्देहीको र्गैडहवा गाउँपालिकाकी एक ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुषसहित प्रदेशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना परीक्षण गरिएको थियो। थपिएका १३ जनासहित सोमबारमात्रै २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया