सोमबार, माघ २८, २०८१

मोरङमा पेस्तोल सहित ३ भारतीय पक्राउ

नेपालखोज २०७६ फागुन ३० गते ९:१०

 मोरङ। मोरङमा कटुवा पेस्तोसहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले मोरङको सुनवर्षि नगरपालिका ८ हर्चनगढीबाट विहिबार राती कटुवा पेस्तोल सहित ३ जनालाई प्रक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा भारत अररिया जिल्लाका धर्मगन्ज बस्ने अजय कुमार मण्डल, सोही स्थान बस्ने आनन्द कुमार मण्डल र अररिया पलासीथाना अन्र्तगत बस्ने राकेश कुमार साह रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

प्रहरीले उनिहरुलाई सुनवर्षि हर्चनगढी स्थित मदिरा पसलमा मादकपदार्थ सेवन गरी शंकास्पद गतिविधि गरी रहेको गोप्य सूचनाको आधारमा नल कटुवा पेस्तोल र एक थान गोली सहित पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथबाट एउटा अनटेस्ट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । उनिहरुले कुनै घटना गर्ने योजना सहित नेपाल आएको हुन सक्ने बताउदै घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया