बिहीबार, माघ १०, २०८१

डडेल्धुरामा क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु

नेपालखोज २०७७ जेठ २१ गते ११:२०

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १को असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीको अनुसार मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएका थिए । श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको हो ।

प्रतिक्रिया