कसैको व्यक्तिगत सनकमा देश चल्दैन : प्रवक्ता शर्मा

नेपालखोज २०७७ जेठ २१ गते १३:३१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ गतेभित्र कर तिर्न राजस्व विभागले जारी गरेको सूचनाको अवज्ञा गर्न आह्वान गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत कर बुझाउन जारी भएको निर्देशनको अवज्ञा गर्न आह्वान गरेका हुन् । शर्माले ट्वीटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता ? जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन ।’

उनले सरकारले संकटका बेला राष्ट्रपति कार्यालयमा गलैंचा, मन्त्री निवासमा जिम खान किन चाहियो भन्दै प्रश्न गरेका छन् । ‘गलैंचा, जिमखाना र यो ताकेता । सोध्न चाहन्छु कसैको व्यक्तिगत सनकमा देश चल्दैन कि यहि हो कम्युनिष्ट समाजवादको आधारशिला ?’, उनले प्रश्न गरेका छन् ।

चैत ११ बाट सरकारको निर्णय अनुसार लक डाउन जारी छ । आन्तरिक राजस्व विभागले मंगलबार सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न दिएको निर्देशनको यतिबेला सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया