स्वास्थ्यकर्मीमा नै कोरोना पुष्टि पछि केएमसी शिक्षण अस्पतालमा इमर्जेन्सीसहित सबै सेवा बन्द
नेपालखोज
२०७७ जेठ २१ गते १३:१९
काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । अस्पतालमा मंगलबार दुई स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।
मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै आकस्मिक सहितका सबै उपचार सेवा बन्द गरिएको जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया