यो बिदाइ होइन, धन्यवाद हो : मोन्टी देसाई
नेपालखोज
२०८१ माघ २० गते ११:५३

काठमाडाैं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् ।
देसाईले नेतृत्व गर्ने अवसरको लागि क्यानलाई धन्यवाद दिएका हुन् । उनले यो बिदाइ नभएर हार्दिक धन्यवाद भएको बताए ।
नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो । सम्झौता नवीकरण नगर्ने भएपछि एउटा सन्देश जारी गर्दै उनले संघका साथै नेपाली क्रिकेट समर्थकलाई आभार व्यक्त गरेका हुन् ।
अहिले जग बसालिएको बताउँदै एकताबद्ध रहन र नेपाललाई गौरवान्वित गरिरहन आग्रह गरेका छन् । ‘नेपाल मेरो घरबाटको टाढाको घर भएको छ । यहाँ क्रिकेट खेल भन्दा माथि हो । यो भावना हो जसले यो राष्ट्रलाई एकताबद्ध गर्दछ । जय नेपाल,’ उनले भनेका छन् ।
सम्बन्धित

प्रतिक्रिया