मंगलबार, माघ १, २०८१

अमेरिकाका शहरमा प्रदर्शन र हिंसा नियन्त्रणमा नआए सेना परिचालन : ट्रम्प

नेपालखोज २०७७ जेठ २१ गते १३:४८

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न शहरमा जारी दंगा नियन्त्रणका लागि सेना परिचालन गर्न सक्ने चेतावनि दिएका छन् ।

Advertisement

प्रहरीको नियन्त्रणमा रहेका एक् अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्युको विरोधमा विभिन्न शहरमा जारी प्रदर्शन र हिंसा नियन्त्रणमा नआए सेना परिचालन गर्न सकिने राष्ट्रपति ट्रम्पको भनाई सार्वजनिक भएको हो ।

लगातारको प्रदर्शनका कारण तोडफोड आगजनी र विभिन्न पसल तथा मार्टहरुमा चोरी र लुटपाट बढ्न थालेपछि राष्ट्रपति ट्रम्पले स्थिति नियन्त्रणका लागि कठोर कदम चाल्ने बताएका हुन् । राष्ट्रपति ट्रम्पले जारी हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि कडा कदम चाल्न गभर्नरहरुलाई आह्वान गरेका छन् ।

दशकौंमा अमेरिकामा भएको खराब प्रर्दशन र हिंसा नियन्त्रणका लागि चालेका कदम कमजोर भएको भन्दै राष्ट्रपति ट्रम्पले गभर्नरहरुको आलोचनासमेत गरेका छन् ।

तर विभिन्न राज्यका गभर्नरहरुले राष्ट्रपति ट्रम्पले लगाएको आरोपको खण्डन गरेका छन् । यसैबीच फ्लोइडको मृत्युका कारण अमेरिकामा मात्र नभइ केही युरोपेली मुलुकहरुमा पनि प्रदर्शन भइरहेका छन् । -एजेन्सी

प्रतिक्रिया