प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने
नेपालखोज
२०७७ जेठ २१ गते १३:५२
काठमाडौँ । इंग्लिस प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने भएका छन् । प्रिमियर लिगले क्लबहरुलाई जुन १७ अघि मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको हो ।
कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगको यो सिजनका बाँकी खेलहरु यही जुन १७ देखि सुरु हुँदैछन् । त्यसैको तयारीका लागि क्लबहरुलाई अभ्यास खेलको अनुमति दिइएको हो ।
लामो समयदेखि खेल नभएकाले खेलाडीहरुलाई आपसी तालमेल मिलाउन पनि अभ्यास खेल आवश्यक देखिएको छ । -एजेन्सी
सम्बन्धित
प्रतिक्रिया