सोमबार, वैशाख १५, २०८२

आज एकैदिन थप २०१ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या २३ सय पुग्यो

नेपालखोज २०७७ जेठ २१ गते १६:५४

काठमाडौं । नेपालमा आज एकैपटक थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमतको कुल संख्या २३ सय पुगेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज एकैपटक २०१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

हालसम्म नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ भने २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया