आइतबार, वैशाख १४, २०८२

प्रिमियर लिगद्वारा क्लबहरूलाई मैत्रीपूर्ण खेलका लागि अनुमति

नेपालखोज २०७७ जेठ २२ गते ७:०३

एजेन्सी । इंग्लिस प्रिमियर लिगले क्लबहरूलाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु हुनअघि क्लबहरूलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिइएको हो ।

जुन १७ बाट सुचारु हुन लागेको लिगअघि क्लबहरूले आफ्नो मैदान वा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन् । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।

यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दुई खेल जीतेमात्रै पनि च्याम्पियन बन्ने छ ।

प्रतिक्रिया