कस्तो छ आजको मौसम ?
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम आज पूर्णदेखि सामान्य बदली हुनेछ। अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव रहेको मौसमविदले बताएका छन्।
देशभर हाल सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेकका प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।
बिहीबार दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्णदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिममा पूर्ण बदली तथा मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।
पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राति पनि पश्चिमका अधिकांश क्षेत्रमा पूर्ण बदली रही मध्य र पूर्वमा सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया