शुक्रबार, वैशाख ७, २०८१

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश ५ लाई कोरोना उपचारका लागि २५ लाख प्रदान

नेपालखोज २०७७ जेठ २२ गते ९:४२

काठमाडौं। ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ।

बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।

मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेकोसहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए। कोभिड – १९ उपचार र नियन्त्रणका लागि बैंकको सहयोग उपयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ।

प्रतिक्रिया