धरानमा आगलागी हुँदा आमाछोरीको मृत्यु
नेपालखोज
२०७७ जेठ २२ गते ११:१४
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका १५ मा ग्यास चुहिएर आगलागी हुँदा आमाछोरीको जलेर मृत्यु भएको छ ।
साम्पाङ मार्गका नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान आगलागी भएको हो । छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण नरबहादुरको पुरै घर जलेर नष्ट भएको छ ।
माथिल्लो तलामा रहेकी फरक क्षमताकी छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाको पनि जलेर मृत्यु भएको बताइएको छ ।
स्थानीय प्रत्यक्षदर्शीले आगलागी हुन थालेपछि धनमायाले आफ्नी छोरीलाई लिन गएकी थिइन् । ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि प्रहरीले यसबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया